सोमवार, बैशाख १५, २०८२

पाल्पालीको परिवारलाई १० हजार सहयोग


कान्तिपथ


समाजवादी प्रेस सङ्गठन नेपालले हालै निधन भएका पत्रकार बिके पाल्पालीको परिवारलाई आज रु १० हजार आर्थिक सहयोग गरेको छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा पाल्पालीको निवासमा गएको प्रतिनिधिमण्डलले उहाँको परिवारलाई सो सहयोग उपलब्ध गराएको हो ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले पाल्पाली जुझारु पत्रकार भएको बताउँदै उहाँको निधनबाट सञ्चार क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो । सङ्गठनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम बिडारीले निष्ठावान पत्रकारका रूपमा परिचित पाल्पालीको आदर्श अनुकरणीय रहेको बताउँदै बिरामी भएपछि उहाँलाई विगतमा आफूले सहयोग उपलब्ध गराएको स्मरण गर्नुभयो । सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतमले पाल्पाली पारिवारलाई यसअघि रु ३० हजार सहयोग गरेको जानकारी दिनुभयो । पाल्पालीका श्रीमती रेणुका भट्टराइले सङ्गठनले पटक–पटक उपलब्ध गराएको सहयोगको सराहना गर्नुभयो । गत शिवरात्रिका दिन ४५ वर्षको उमेरमा निधन हुनुभएका पत्रकार पाल्पाली समाजवादी प्रेस सङ्गठनको साधारण सदस्यसमेत हुनुहुन्थ्यो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत