मङ्लबार, जेष्ठ ६, २०८२

कर्मचारी सङ्गठनको अधिवेशन फागुन २८ र २९ गते काठमाडौँमा


कान्तिपथ


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ महाधिवेशन यही फागुन २८ गते काठमाडौँमा हुने भएको छ । सङ्गठनले यहाँ आज पत्रकार सम्मेलन गरी फागुन २८ गते एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्की ब्याङ्क्वेट थापाथली हाइट, काठमाडौँमा अधिवेशनको उद्घाटन हुने जानकारी दिएको हो ।

आगामी फागुन २८–२९ गते हुने ११औँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्गठनले जनाएको छ । सङ्गठनका संयोजक केदारप्रसाद देवकोटाले ७७ जिल्ला तथा ३६ विभागीय कार्यसमितिका अधिवेशन सम्पन्न भइसकेको बताउँदै ६१९ जना केन्द्रीय प्रतिनिधि निर्वाचित र अधिवेशन आयोजक समितिका २८२ जनासहित ९०१ जना प्रतिनिधिको अधिवेशनमा सहभागिता हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सहकारी क्षेत्रबाट ६७ जना र आधिकारिक ट्रेड युनियनबाट १२१ जना प्रतिनिधि र कूल उपस्थिति प्रतिनिधिमध्ये १८२ जना महिला र ७१९ जना पुरुष प्रतिनिधिको सहभागिता रहनेछ ।”

उहाँले अधिवेशनलाई सफल पार्न १४ उपसमिति गठन गरी अधिवेशन तयारीको कामलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो । ११औँ अधिवेशनले कर्मचारीसँग अनिवार्य कार्यसम्पादन सम्झौता ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’ लगायतका सङ्गठनले लिने आगामी रणनीति र कार्यभारसमेत निर्धारण गर्ने सङ्गठनको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत