न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद् बैठकले बिहीबार श्रेष्ठको नाम सिफारिस गरेको हो ।
अब संसदीय सुनुवाइबाट अनुमोदन भएपछि श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीश नियुक्त गर्नेछिन् ।
प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा एक पद रिक्त थियो । परिषद्ले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ