सोमवार, बैशाख ९, २०८२

हुथी विद्रोहीको हिंसामा परी छ बालबालिकाको ज्यान गयो


कान्तिपथ


२७ फागुन यमनमा गएको २४ घन्टा यतामात्र यहाँका हुथी विद्रोहीहरुले जारी राखेको हिंसामा परी कम्तीमा पनि छ जना बालबालिकाको ज्यान गएको छ । यहाँको सुरक्षा निकायले चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको जानकारीमा हुथीहरुले देशका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणहरुमा गएको २४ घन्टामा नै कैयौँ नागरिकको ज्यान गएको र ती आक्रमणमा परेर कम्तीमा पनि छ जना बालबालिका मारिएका बताएको छ ।

ती सुरक्षा निकायले पछिल्ला केही हप्तायता हुथीहरुले हिंसात्मक गतिविधिलाई बढावा दिएका पनि बताएका छन् । यहाँका दक्षिणी क्षेत्रमा पर्ने ताइज र साना प्रान्तमा ती बालबालिका मारिएका र सो क्षेत्रमा हुथीहरुले आन्धाधुन्ध सर्वसाधारण माथि नै हमला गरेका बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत