सोमवार, बैशाख १५, २०८२

देउवाले निर्माण व्यवसायीलाई भने: एमसीसीको ग्लोबल टेन्डर हुन्छ, तयार रहनु


कान्तिपथ


प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । अमेरिकी आर्थिक सहयोग तथा परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसदबाट पास भई कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा अब छिट्टै अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक टेन्डर हुने भन्दै यसका लागि नेपालका निर्माण व्यवसायीहरु पनि तयार रहन प्रधानमन्त्री देउवाले आग्रह गरेका हु्न् ।

यो सँगै प्रधानमन्त्री देउवाले हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष र व्यवसायीहरुको माग तथा सुझाव बमोजिम परिमार्जन गरिने समेत आश्वस्त पारेका छन् ।

शुक्रबार राजधानीमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को निर्वाचन सहितको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

‘एमसीसीको विषयमा के हुन्छ भनेर प्रश्नहरु गरिएका छन्, नेपाली निर्माण व्यवसायीहरुले पाउछन् कि पाउँदैनन् भनेर जिज्ञासाहरू राखिएका छन् । मैले यसमा उत्तर दिनुपर्छ । तर म अहिले यति भन्छु, एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डर हुन्छ, यसमा नेपाली निर्माण व्यवसायीहरु समेत सहभागि हुन पाउछन् तयार रहनुस्’ देउवाले भने ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत