आइतवार, फाल्गुन ४, २०८१

फुटबल : नयाँबस्तीको जित


कान्तिपथ


शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा नयाँबस्ती युथ क्लबले दोस्रो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा आज भएको खेलमा नयाँबस्तीले ब्वाइज युनियन क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नयाँबस्तीको जितमा सुमन योङ्ग्य (थगलनथब), रोशन आङ्देम्बे र सोम थापाले एक–एक गोल गरे । यता ब्वाइज युनियनका लागि भने विनोद राई र दिवस मास्केले एक–एक गोल फर्काए । खेलको १७ औैँ मिनेटमा सुमनले गोल गर्दै नयाँ बस्तीलाई पहिलो अग्रता दिलाए ।

खेलको ३९ औँ मिनेटमा ब्वाइज युनियनका विनोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ५० औँ मिनेटमा दिवसले गोल गरेपछि ब्वाइज युनियनले २–१ को अग्रता बनाको थियो तर त्यो २–१ गोलको अग्रता लामो समयसम्म भने टिक्न सकेन । खेलको ६९ औँ मिनेटमा नयाँबस्तीका खेलाडी रोशनले एक गोल थपेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियोे । त्यसपछि खेलको ८२ औँ मिनेटमा सोमले गोल गरेपछि नयाँ बस्तीले ३–२ गोलको जित हासिल ग¥यो ।यस जितसँगै चार खेलबाट नयाँबस्तीले छ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित ब्वाइज युनियनको चार खेलमा तीन अङ्क रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत