मङ्लबार, बैशाख ९, २०८२

रुसी पर्यटकहरु विदेशमा अलपत्र!


कान्तिपथ


युक्रेनमाथि गरिएको आक्रमणको कारण नेटो तथा अन्य राष्ट्रहरुले रुसी बैंकहरूमा लगाइएका प्रतिबन्धले गर्दा रुस बाहिर भ्रमणमा रहेका रुसी नागरिकहरु समस्यामा पर्न थालेका छन् । सताइस वर्षीय इभानोभ भन्छन्, “यसले हामी माझ ठूलै समस्या खडा गरेको छ । हामीसँग एक पैसा पनि छैन । हाम्रा बैंक खाताहरू रोक्का गरिएकोजस्तो भयो । हामीले यहाँबाट बैंक खाता चलाउन सकेनौँ । अब त इन्डोनेसियामा जागिर खोज्नुपर्ने देखियो ।”

प्रतिबन्धका कारण समस्यामा परेका पर्यटकहरू पैसाका लागि दौडधुप गर्न वा क्रिप्टो कारोबार गर्न बाध्य भएका छन् । ‘प्रतिबन्ध नभएको भए रुसमा रहेका आफन्तहरु बाट सहयोग माग्न सकिन्थ्यो, अहिले त्यो बाटो बन्द भएको छ’ सताइस वर्षीय इभानोभले भने ।

यस्तै रुसी पर्यटकहरु अलपत्र पर्ने क्षेत्रहरु इन्डोनेसियाको बाली, भारतको गोआ र थाइल्याण्डका पर्यटकीय सहरहरु परेका छन् । यी पर्यटकीय क्षेत्रहरु रुसी पर्यटकका लागि पहिलो छनौटको रुपमा रहदै आएको छ । कोरोना महामारीका कारण पहिले देखि नै धेरै रुसी पर्यटकहरु यात्रा पावन्दीका कारण तिनै सहरहरुमा रोकिनु पर्ने बाध्यता थियो । बाली स्थित क्याफे संचालन

९ मार्चदेखि भिसा र मास्टरकार्डले रुसी बैंकहरूबाट जारी गरिएका आफ्ना कार्डलाई विदेशमा प्रयोग हुनबाट रोक्ने जनाएका थिए । साथै विश्वव्यापी वित्तीय प्रणाली (स्विफ्ट) बात रुसलाई निकालिए पछि यो समस्या झनै बढेको रुसी पर्यटकहरु बताउछन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत