शुक्रबार, बैशाख ६, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • जनयुद्ध लड्ने महिलालाई होच्याएको गितलाई पुर्वमाओवादी बाबुरामको समर्थन !

जनयुद्ध लड्ने महिलालाई होच्याएको गितलाई पुर्वमाओवादी बाबुरामको समर्थन !


कान्तिपथ


पुर्व माओवादी नेता तथा (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आपत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन् ।

माओवादी जनयुद्धका पीडित कार्यकर्ताका पीडाको विषयवस्तु समावेश गरेर सृजना गरिएको प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियो विवादित बनेपछि अध्यक्ष भट्टराईले पनि गीतप्रति टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गीतले जनयुद्धको बिरोध नगरेको बरु अपूर्ण क्रान्तिको पीडा दर्शाएको उल्लेख गरेका छन् । ‘गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ,’ भट्टराईले लेखेका छन् । उनले माओवादी नेताहरुलाई गीतको भावबाट क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो की भनेर सोच्नुपर्ने बेला भएको टिप्पणी गरेका छन् ।

भट्टराईले गीतका सर्जकलाई सपूतलाई किन धम्क्याउने ? भन्दै प्रश्न गरेका छन् । उक्त गीतको बिरोध गर्दै माओवादी नेताहरुले युट्युवबाट हटाउन भनिरहेका छन् । आफू पनि ‘जनयुद्ध’को एक अगुवा हुनुको नाताले उक्त गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको भट्टराई बताउँछन्। गीतले ‘जनयुद्ध’ को विरोध नगरेको भट्टराईको भनाइ छ।

नेकपा माओवादी केन्द्र र उसका भातृ संगठन अखिल क्रान्तिकारी, वाइसीएललगायतले भने प्रकाश सपुतको उक्त गीत युट्युवबाट हटाउनुपर्ने बताइरहेका छन्। माओवादी नेतृ एवं सांसद सत्या पहाडीले पनि गीतमा ‘जनयुद्ध’मा सहभागी महिला मात्र नभएर सिंगो महिला समुदायप्रति माथि लैगिक हिंसा गरेको आरोप लगाएकी छन्।

‘चुनावको मुखैमा आएर प्रकाश सपुतले जनयुद्धको उपलब्धिलाई दिग्भ्रमित पार्दै वीरता, सहास र वलिदानीपूर्ण ढंगले परिवर्तनको आन्दोलनमा समर्पित वीरवीरंगनाहरूको इतिहासलाई अपमान गर्दै गितीकथा सार्वजनिक गरेर परिवर्तन विरोधि प्रवृतिको मतियार बनेका छन्,’ उनले भनेकी छन्।

माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्‍याएको तर सोझासाझाले सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले चर्चा पाएको छ। केहीले यसले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन्।

चुनाव नजिकिएको बेला माओवादीको विरोध गरेको भनेर केहीले यसको आलोचना गरेका छन् भने केहीले भने यसले राम्रो कथा र सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत