क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार राति टोटनहम हट्सपरलाई ३-२ ले पराजित गरेको छ । ह्याट्रिकपछि युनाइटेड भने अंक तालिकामा चौथो स्थानमा उक्लेको छ । टोटनहम ४५ अंकसहित सातौं स्थानमा छ ।
रोनाल्डोले १४ वर्ष ५९ दिनपछि प्रिमियर लिगमा ह्याट्रिक गरेका हुन् । उनको यो करियरको ४९औं ह्याट्रिक हो । ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन रोनाल्डोले १२औं, ३८औ र ८१औं मिनेटमा गोल गरे ।
टोटनहमका ह्यारी केनले ३५औं मिनेटमा पेनाल्टी गोल गरेका थिए भने युनाइटेडका कप्तान ह्यारी मग्वाएरले ७२औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ