बिहिबार, बैशाख ११, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमालेले जोरी खोज्दा ३ महिनादेखि प्रदेशसभा अलपत्र: आज बैठक राख्ने तयारी !

एमालेले जोरी खोज्दा ३ महिनादेखि प्रदेशसभा अलपत्र: आज बैठक राख्ने तयारी !


कान्तिपथ


एमालेको निरन्तरको अवरोधका कारण करिव तीन महिनादेखि अनिश्चित बन्दै आएको बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो १ बजेको लागि आह्वान गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गत पुस ८ गते स्थगित भएको प्रदेशसभाको बैठक करिब तीन महिनापछि आज बस्ने तय भएको हो । प्रदेशसभाको नवौँ अधिवेशनको बैठकमा एमालेले विभिन्न माग राख्दै अवरोध गरेपछि त्यस यता बैठक बस्न सकेको थिएन ।

प्रदेशसभा बैठक सञ्चालनको लागि पटक–पटक मिति तय भए पनि एमालेको अवरोधका कारण सदन बस्न सकेन । यसअघि सदन सञ्चालनको लागि सभामुख सानुकुमार श्रेष्ठको पहलमा फागुन ४ गते सर्वदलीय बैठक बसेर फागुन १६ गतेका लागि बैठक आह्वान गरिएको भए पनि बैठक बस्न सकेन । प्रदेशसभा सचिवालयले फागुन १४ गते नै एक सूचना जारी गरी विशेष कारण देखाउँदै बैठक स्थगित गरेको थियो ।

प्रदेशसभा बैठक अघि दिउँसो ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । उक्त बैठकले आज सदनमा पेश गर्ने कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत