मङ्लबार, बैशाख ९, २०८२

सांसदले जनतामाथि गाडी चलाए: स्थानीयले धुलोपिठो हुने गरी पिटे !


कान्तिपथ


भारतीय राज्य ओडिसामा एक जना सांसदले भीडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन्। ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानिसमाथि शनिबार गाडी चलाएको बिबिसीले जनाएको छ।

भीडमाथि उनले चलाएको गाडी रूखमा ठोक्किएपछि रोकिएको थियो। आक्रोशित भीडले जगदेवलाई मरणासन्न हुने गरी कुटपिट गरेको समाचारमा उल्लेख छ। उनको अहिले भुवनेश्वर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रत्यक्षदर्शीहरूले जगदेवले आफैं गाडी चलाएको र रक्सी खाएर आएको बताएका छन्। प्रहरीले उनीविरूद्ध हत्या प्रयासको जाहेरी दर्ता भएको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत