बंगलादेशी निर्देशक शमीम अहमद रोनीको निर्देशनमा बन्न लागेको बंगाली फिल्म ‘सोल्जर’ का लागि छानिएकी भारतीय अभिनेत्री सन्नी लियोनले बंगलादेशको वर्क परमिट नपाउने भएकी छिन ।
अभिनेत्री सन्नी लियोनले सो चलचित्रको छायांकनको लागि वर्क परमिट मागेकी थिइन्। तर बंगलादेशको मिनिष्ट्री अफ इनफर्मेसन एण्ड ब्रोडकास्टिङ सनीलाई वर्क परमिट दिन अस्वीकार गरेको हो। यो उनको पहिलो बंगलादेशी चलचित्र थियो तर वर्क परमिट अस्विकार भए संगै उनले बंगाली चलचित्र खेल्ने मौका गुमाईन ।
सनी बाहेक फिल्म ‘सोल्जर’का अन्य १० भारतीय कलाकारलाई भने बंगलादेशले सुटिङ गर्न मार्च ६ देखि सेप्टेम्बर ४ सम्म वर्क परमिट दिएको छ।
शमीम अहमद रोनीले निर्देशन गर्ने फिल्ममा भारतीय र बंगलादेशी कलाकारहरू रहनेछन्। सन्नीको ‘वर्क परमिट’ यसअघि पनि सन् २०१५ मा अस्विकार गरिएको थियो । सनीले यसअघि एक बंगलादेशी म्युजिक भिडिओ ‘डस्टु पोलापन’ मा अभिनय गरेकी थिइन्। इन्टरनेटमा भाइरल भएको उक्त म्युजिक भिडिओपछि केही बंगलादेशी इस्लामिक समूहले सनीलाई आफ्नो देशमा नआउन चेतावनी दिएका थिए। इस्लामिक समूहहरुको बिरोधको कारण सन्नीलाई बंगलादेशी सरकारले वर्क परमिट दिन नमानेको श्रोत बताउछ । तिनै इस्लामिक संगठनको दबाबमा बंगलादेशको मिनिष्ट्री अफ इनफर्मेसन एण्ड ब्रोडकास्टिङ सनीलाई वर्क परमिट दिन अस्वीकार गरेको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ