मङ्लबार, बैशाख ९, २०८२

एमालेले अवरोध गरेपनि संसद बैठक जारी


कान्तिपथ


प्रतिनिधिसभाको आइतवारको बैठक केही बेरअघि सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदहरुले नाराबाजीसहित अवरोध गरेका छन्।

कारबाही गरिएका १४ सांसदको सूचना टाँसिनुपर्ने सहितका मागसहित भदौ २३ देखि जारी संसदको अवरोधलाई एमालेले निरन्तरता दिएको हो।

एमालेको अवरोधबीच सभामुख सापकोटाले बैठकको कारबाही अघि बढाएका छन्। बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पश्चिमी क्षेत्रमा भारतले सीमा मिचेको र एमसीसीको विरोधमा बोलेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत