जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्यसमिति र नेकपा माओवादी केन्द्रबीच समायोजना भएको छ । केन्द्रीय नीति नभए पनि जिल्लामा केही समय अघि दुई पार्टीबीच जिल्लास्तरमा समायोजन गर्ने सहमति अनुसार आइतबार घोषणासभा आयोजना गरेर समायोजन भएको हो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बिरजङ्ग शाहीले केन्द्रीय सदस्यद्वय बिरजङ्ग शाही र कालीबहादुर बिक, संघीय परिषद सदस्य जसबहादुर भण्डारी, ८१ सदस्यीय जिल्ला कार्यसमिति र नेकपा माओवादी केन्द्रबीच जिल्लामा पार्टी समायोजना भएको बताए।
पार्टी समायोजन कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, माअोवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसी, हुम्ला जिल्लाका सांसद तथा केन्द्रिय सदस्य छक्कबहादुर लामा, जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेश सहसचिव लालकेश जैशी लगायतको उपस्थिति रहेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ