मङ्लबार, जेष्ठ ६, २०८२

धवलागिरिमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर


कान्तिपथ


पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा गाउँपालिकाको सहजीकरणमा आयोजित शिविरबाट २५० जनाभन्दा बढीले सेवा लिएका छन् ।

शिविरमा दीर्घरोगी, नशा, बाथ, पायल्स, कब्जियत, नशा च्यापिएको, युरिक एसिड, जण्डिस, दम, उच्च रक्तचाप, मधुमेह, स्त्रीरोगलगायत बिरामीको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको कार्यालयका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो ।

शिविरमा बिरामीलाई नियमित औषधि सेवन तथा स्वस्थ रहन आवश्यक दैनिकी, खानपिनका बारेमासमेत जानकारी गराइएको थियो । कार्यालयका निमित्त प्रमुख दामोदर शर्मा, आयुर्वेद चिकित्सक सन्देश अधिकारीसहितको टोलीले सेवा प्रदान गरेको थियो

शिविरमा ताकम, मुना, लुलाङ, मुदीलगायत क्षेत्रबाट बिरामी स्वास्थ्य जाँच गर्न आएका थिए । बिरामीको उपचारमा स्थानीय जनप्रतिनिधिसहितको टोलीले सहयोग गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत