शुक्रबार, जेष्ठ ३, २०८२

एक्लोपनको ‘याद’ म्युजिक भिडियोमा


कान्तिपथ


गायक अर्जुन बोसेलको नयाँ साङ्गीतिक सौगात ‘याद’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।एक्लो र दुःखी हुँदाको पीडालाई समेटेर तयार पारिएको यस गीतमा स्वयम् गायक बोसेलको शब्द, सङ्गीत रहेको छ । कृष्ण विक (भाञ्जा) ले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा गायक प्रकाश सपुत र जुना सुन्दासको अभिनय हेर्न सकिन्छ ।

नवराज उप्रेतीले छायाङ्कन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गर्नुभएको हो । देवेन्द्र बब्लुको निर्देशनमा भिडियो तयार पारिएको जनाइएको छ । ‘छोडी जाने मायाको यादैले पागल बनायो बरि लै’, ‘छातिभरि मनैभरि रुन वर्षे झरी पसे जस्तो’, ‘बरि लैको भाकाले मनै छोयो बरि लै’लगायत बोलका गीत यस म्युजिक भिडियोमा सङ्ग्रहित छ ।

गायक बोसेलको आधिकारिक युट्युब च्यानल ‘अर्जुन बोसेल’मार्फत् भिडियो सार्वजनिक भएको हो । विगत लामो समयदेखि नेपाली सङ्गीतमा सक्रिय गायक बोसेलका यसअघि २२ वटा भन्दा बढी म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । केही समयअघि सार्वजनिक उहाँको ‘गोठालो’ बोलको म्युजिक भिडियो दर्शक माझ लोकप्रिय छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत