शुक्रबार, असार ६, २०८२

इराकको कुर्दिश क्षेत्रमा १२ क्षेप्यास्त्र प्रहार


कान्तिपथ


इराकको कुर्दिश क्षेत्रमा १२ ओटा क्षेप्यास्त्र प्रहार गरिएको छ । क्षेत्रीय राजधानी इब्रीलमा स्थानीय समयानुसार आइतबार विहान ११ बजे घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । इराकको सिमा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको क्षेत्रीय गृह मन्त्रालयले जनाएको छ ।

क्षेप्यास्त्रका कारण एक जना घाइते पनि भएका छन भने कतिपय भवनहरुमा समेत क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । मन्त्रालयद्धारा जारी वक्तव्यका अनुसार कुर्दिश सुरक्षा फौजले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको छ । घटनाका बारेमा थप जानकारी अनुसन्धान पछि मात्रै दिने पनि मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

घटनाका सम्वन्धमा अहिलेसम्म कसैले पनि जिम्मेबारी दिएको छैन । तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा शान्त मानिएको कुर्दिशमा भएको घटनाले थप चिन्ता थपेको अधिकारीहरुले बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत