बिहिबार, साउन ३, २०८१

युक्रेन किभको ’अथक प्रतिरक्षा’ को लागि तयार छ


कान्तिपथ


२९ फागुन ९रासस÷एएफपी० ः – युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि आइतवार तयारी गरेको समाचार छ । रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।
शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियामा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मा रुससँग नभएको बताउनु भएको छ ।

मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो । तर यो आइतवार सहरमा पुग्ने आशा गरिएको उपप्रधानमन्त्री इरिना भेरेशचुकले भन्नु भएको छ । रणनीतिक बन्दरगाह सहर मारिउपोलमा “मानवीय प्रकोप“ को सामना गरिरहेको छ । यहाँ रुसले गरेको आक्रमणमा परी १ हजार पाँच सय भन्दा बढी नागरिक मारिएका छन् । लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरियुपोल अझै पनि घेरिएको छ ।

यो शहरलाई युद्धबाट पाउन नसक्ने रुसीहरू भोक र निराशाले प्राप्त गर्न चाहिरहेको र युक्रेनी सेनालाई तल ल्याउन नसक्ने हुनाले उनीहरुले सर्वसाधारणलाई निशाना बनाउँछन्,“ फ्रान्सेली सैन्य स्रोतले भनेको समाचारमा जनाइएको छ ।
“दुर्भाग्यवश, युक्रेनमा मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गइरहेको छ, र केही शहरहरूमा यो विनाशकारी अनुपातमा पुगेको छ,“ रुसी राष्ट्रिय रक्षा नियन्त्रणका प्रमुखले भन्नु भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत