सोमवार, बैशाख १५, २०८२

नेपाल बोटल वाटर उद्योग सङ्घका अध्यक्षमा गौतम


कान्तिपथ


पानी व्यवयासीको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग सङ्घको अध्यक्षमा धु्रवबहादुर गौतम निर्वाचित हुनुभएको छ ।

सङ्घको हालै सम्पन्न छैटौँ अधिवेशनमा उहाँका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित हुनुभएको छ ।

स्तै कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, सहकोषाध्यक्षमा मेरिना कायस्थ विजयी हुनुभएको हो । सातै प्रदेशका सचिव र सदस्य भने पछि छनोट गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो । हाल देशभर सङ्घमा ५८६ उद्योग आबद्ध छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत