शुक्रबार, बैशाख ६, २०८२

स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर


कान्तिपथ


पोखरा महानगरपालिका–११ रानीपौवामा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

मार्गदर्शन महिला समूहद्वारा आयोजित सो शिविर गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाको आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले प्रदेशसभा सदस्य भएदेखिनै आफूले पाउने तलब, भत्ताबापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ ।

शिविरको शुभारम्भ गर्दै मन्त्री थापाले प्रदेश सरकारले समेत क्यान्सर तथा पाठेघर मुखको क्यान्सरबाट पीडित महिलालाई उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

त्यस्ता बिरामीलाई सङ्घीय सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार उपचारार्थ उपलब्ध गराउँदै आएको छ । शिविरमा गण्डकी मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा अनु हीराचनसहितको स्वास्थ्यकर्मीको टोलीले १६१ महिलाको स्वास्थ्य परीक्षण गरेको थियो ।

सो अवसरमा १० महिलाको थप उपचार गर्नुपर्ने देखिएकाले अस्पतालमा सिफारिस गरिएको कार्यक्रम संयोजक अंशु शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा आवश्यक औषधि पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले उपलब्ध गराएको शाखा प्रमुख सविना श्रेष्ठले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–११ का वडाध्यक्ष मोहन बास्तोलाले मार्गदर्शन महिला समूह समाजका लागि एक उदाहरण बनेको उल्लेख गर्दै शिविरबाट समाजका विपन्न एवं असहाय वर्गले बढी फाईदा लिने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका–११ का सभापति हरिप्रसाद बास्तोला र स्थानीय समाजसेवी प्रेम कर्माचार्यलगायतले क्यान्सर रोग र शिविरको महत्व माथि प्रकाश पार्नुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत