मङ्लबार, बैशाख ९, २०८२

युक्रेनमा रहेका चिनियाँहरुलाई स्वदेश फर्काइँदै


कान्तिपथ


३० फागुन युक्रेनमा रहेका आफ्ना नागरिकलाई चीनले हवाईजहानबाट उद्धार गरेर स्वदेश फर्काइरहेको छ ।चीनले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको क्रममा सोमबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट उत्तरपूर्वी चीनको डालियान विमानस्थलमा आइपुगेको बताइएको छ ।

सो जहाज स्थानीय समयानुसार आज बिहान ८ः५० मा सो चीनको डालियान विमानस्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ । चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट १२ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइसकिएको छ ।
युक्रेनमा थप चिनियाँहरु रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ ।
जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशहरुले पनि फिर्ता लगिसकेको जनाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत