भारतीय नायिका रुपा दत्त पकेट मारेको अभियोगमा पक्राउ परेकी छन् । १२ मार्च २०२२ मा इन्टरनेशनल कोलकाता बुक फेयरमा पिकपकेटिङको घटना बाहिर आएको थियो, त्यसपछि अभिनेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । केहि समय अघि सोही अभिनेत्रीले बलिउड फिल्म निर्माता अनुराग कश्यपमाथि पनि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।
प्राप्त जानकारी अनुसार विधाननगर प्रहरीले रुपा दत्तको साथबाट पकेट मनी पनि बरामद गरेको छ । करिब ७५ हजार रुपैयाँ चोरी गरेको आरोप लागेको छ । अन्तर्राष्ट्रिय कोलकाता पुस्तक मेलामा तैनाथ प्रहरीहरूले एक महिलालाई डस्टबिनमा झोला फालेको देखेका थिए । त्यसपछि प्रहरीले ती महिलालाई सोधपुछ गरे । त्यसपछि झोला खोज्दा सत्यतथ्य बाहिर आयो ।
रूपा दत्त बंगाली अभिनेत्री हुन् । रुपाले बंगाली लगायत धेरै हिन्दी सिरियलमा काम गरिसकेकी छिन् । उनले टिभी सिरियल ‘जय माँ वैष्णो देवी’ मा माता वैष्णो देवीको भूमिका निभाएकी छिन् । सोधपुछका क्रममा उनले पकेट मरेको स्वीकार गरेकी छिन । यस मुद्दामा रुपा दत्तलाई अदालत लगिनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ