मङ्लबार, माघ ६, २०८२

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पुनः सिंह


कान्तिपथ


नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

महासङ्घको १२औँ महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि उहाँ पुन : निर्वाचित हुनुभएको हो । सिंहले ७६५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत प्राप्त गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) निर्वाचित हुनुभएको छ ।

यसैगरी एसोसियट उपाध्यक्षमा रामजी पन्त, प्रदेश नं १ बाट मोहनप्रसाद अधिकारी, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खेमराज मल्ल र लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी निर्वाचित हुनुभएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमश : रत्नबहादुर खड्का र प्रकाशबहादुर सेठी यसअघि नै निर्विरोध हुनुभएको महासङ्घका प्रेस सल्लाहकार निर्मल अर्यालले राससलाई जानकारी दिनुभयो । महासचिवमा रोशन दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उपमहासचिव (नीतिगत)तर्फ शिवहरि घिमिरे र उपमहासचिव (आन्तरिक) तर्फ नरहरि थपलिया निर्वाचित हुनुभएको छ । यसैगरी कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमश ः निरान श्रेष्ठ र सन्तोष साह निर्वाचित हुनुभएको छ । निर्वाचनमा एक हजार १८५ मत खसेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत