सोमवार, मंसिर २४, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • काब्रेमा क्षयिकरण हुँदै एमाले: युवासंघका संयोजक सहितका युवाले रोजे माओवादी !

काब्रेमा क्षयिकरण हुँदै एमाले: युवासंघका संयोजक सहितका युवाले रोजे माओवादी !


कान्तिपथ


नेकपा एमाले दोलखा निकट राष्ट्रिय युवा संघ नेपाल बैतेश्वर गाउँपालिका वडा नं ५ का संयोजक कृष्ण खड्का लगायतका युवाहरु नेकपा माओवादी (केन्द्र) मा समाहित भएका छन् । संयोजक खड्का सहित सन्दिप लामिछाने, रुद्र लामिछाने र सन्तोष दाहालले समेत माओवादी केन्द्र रोजेको नेकपा माओवादी (केन्द्र) बैतेश्वर गाउँपालिका कमिटीका सचिव भुवन घिमिरेले जानकारी दिए । उनीहरुलाई बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, दोलखा-काठमाडौँ सम्पर्क मंचका अध्यक्ष मिन घिमिरे लगायतले स्वागत गरेका थिए ।

साबिक काब्रे गाविसमा पर्ने वडा नं ४ र ५ मा माओवादीले आक्रामक संगठन विस्तार गर्दै आएको छ । एमालेका नेता पशुपति चौलागाईं जीवित रहँदा समेत एमालेले आफ्नो गढ दाबी गर्दै आएको काब्रेमा अहिले एमालेको शक्ति क्रमश क्षयिकरण हुँदै गएको छ । एमालेका अधिकांश नेता कार्यकर्ताले माओवादी र एकीकृत समाजवादी रोज्न थालेका छन् ।

२ दिन अघि मात्रै वडा नम्बर ४ काब्रको एउटा सिङ्गै गाउँ नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको थियो । उनियाँचौर बस्तिका ४९ र अन्य दुई गरी ५१ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

उनियाँचौर निवासी एमालेका प्रभावशाली नेताहरु निलप्रसाद लामिछाने, हरिलाल लामिछाने, कृष्णप्रसाद लामिछाने, दलवहादुर सार्की, गोरेवहादुर सार्की, पदमवप्रसाद लामिछाने, जगन्नाथ दहाल, लालवहादुर दाहाल, शिवराम दाहाल, चन्द्रवहादुर दाहाल लगायतका एमालेका स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र रोजेका थिए। टंकपसाद लामिछाने बैतेश्वर ४ मा कांग्रेसका तर्फबाट वडाअध्यक्षका बलिया दाबेदार मानिदै आएका थिए उनले पनि माओवादी रोजेपछि माओवादीमा ह्वात्तै आकर्षण बढेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत