बिहिबार, बैशाख ११, २०८२

चीन र स्पेनका विदेशमन्त्रीबीच फोनवार्ता


कान्तिपथ



१ चैत चिनियाँ विदेशमन्त्री वाङ यी र स्पेनिस विदेशमन्त्री जो मानुअल अलबारेसबीच फोनवार्ता भएको छ ।उहाँहरुका बीचमा सोमबार फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार उहाँहरुका बीचमा द्धिपक्षीय हितका विभिन्न विषयहरुमा कुराकानी भएको थियो । उहाँहरुले पछिल्लो समयमा रुस र युक्रेनका बीचको द्धन्द्धको बारेमा पनि कुराकानी गनुभएको थियो ।

सो समाचार समितिले पछिल्लो समयमा युक्रेनमा विकसित भएको परिस्थितिका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको जनाएको छ ।त्यस्तै त्यस वार्ताका क्रममा स्पेनका विदेशमन्त्री मानुअलले हालैमात्र चीनले सफलतापूर्वक बेइजिङ विन्टर ओलम्पिकको आयोजना गरेकोमा पनि चीन सरकारलाई बधाई दिनुभएको बताइएको छ ।

उहाँहरुबीचको सो वार्ताका क्रममा चीन र स्पेनले पनि रुस र युक्रेनलाई तत्कालै युद्ध विराम गरेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्ने सहमति भएको थियो ।रुसले युक्रेनमा गएको करिब तीन हप्तादेखि आक्रमण गरिरहेको छ । यी दुई देशबीचमा पटक पटक वार्ता भए पनि समस्या समाधानको मार्ग भने पहिचान हुन सकेको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत