बिहिबार, चैत्र ६, २०८१

पुर्व ब्रिगेड भिसी विप्लव छाडेर प्रचण्डतिर !


कान्तिपथ


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरि ढालबहादुर लामिछाने ‘बिक्रम’ आज नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज खुमलटारमा पार्टी प्रवेश गराएका हुन् ।

प्रवेश कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, नेता गोपाल पाण्डे ‘उत्तम’, अखिल क्रान्तिकारीका उपत्यका विशेष प्रदेश कमिटीका सदस्य तथा वन तथा वातावरण मन्त्री विशाल खड्काका स्वकीय सचिव मनोज पाण्डे लगायतको उपस्थिति रहेको थियो।

लामिछाने २०५६ सालमा भूमिगत भएर जनमुक्ति सेनाको बृगेड भिसि समेत भएका थिए। छलफलमा सहभागी एक नेताका अनुसार उनलाई पार्टीको प्रदेश कमिटीमा समावेश गर्ने सहमति भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत