सोमवार, माघ ७, २०८१

यी १४ बैंकलाई राष्ट्र बैंकले किन डण्डा चलायो ?


कान्तिपथ


नेपाल राष्ट्र बैंकले साउनयता १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंकिङ निर्देशन नमानेकाले ती बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले पहिलो त्रेमासमा कुनै बैंक कारबाहीमा नपरेको भन्दै निर्देशन अटेर गर्ने ती बैंकहरू दोस्रो त्रैमासमा कारबाहीमा परेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कारबाहीमा परेका अधिकांश बैंकहरूले ब्याजदर नीति उल्लंघन गरेका छन् । संस्थागत मुद्दती निक्षेपमा तोकिएको भन्दा बढी ब्याज लिएकाले नेपाल बैंकलाई सचेत गराएको छ ।

हिमालयन, नेपाल एसबीआई, एनसीसी, नेपाल बंगलादेश, सिटिजन्स, सनराइज, मेगा, सेन्चुरी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक र एनएमबी बैंक ब्याजदर नीति उल्लंघन गरेका छन् । प्रभु बैंकलाई तोकिएको अनिवार्य नगद मौज्दात कायम नगरेकोले कारबाही गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत