नेकपा एमालेका बागमती प्रदेश सदस्य, दोलखा जिल्ला इन्चार्ज इश्वरचन्द्र पोखरेल खाएको ऋण नतिर्दा फसादमा परेका छन् । तामाकोशी गाउँपालिकाका निर्वाचित पालिका अध्यक्ष समेत रहेका पोखरेलले दोलखाको बैतेश्वर गाउँपालिकामा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाबाट झिकेको ऋण नतिर्दा सहकारीले उनको फोटो र विवरण पत्रिकामा छापेको हो ।
सहकारीले पत्रिकामा सूचना निकाल्दै ३५ दिन भित्र ऋण तिर्न आउन परिपत्र गरेको छ । विभिन्न समयमा तर-ताकेता गर्दा समेत सावाँ-ब्याज नतिरेको भन्दै पोखरेलसहित अन्य ऋणीको विवरण प्रकाशित गरिएको सहकारीका एक कर्मचारीलले जानकारी दिए ।
३५ दिन भित्र ऋण नतिरे पोखरेलको धितो लिलाम हुने सहकारीले जनाएको छ । तामाकोशी गाउँपालिका ३ जफे निवासी पोखरेललले धितोको रुपमा कित्ता नं ५४५, ५४९, ६३५, ७२५, १६१६, १६२५ का जग्गाहरु राखेका छन्। उक्त जग्गाको क्षेत्रफल क्रमश १०५५, ११२५, १०५०, ८८०, १७१९, १०३६ वर्ग मिटर रहेको सहकारी निकट स्रोतले जनाएको छ। उनले सहकारीबाट कति ऋण लिएका छन् भन्ने विषय भने खुलाउन चाहेन । तर स्रोतका अनुसार उनले सहकारीबाट १० लाख रुपैयाँ ऋण झिकेका थिए उनको ऋण समेत बढेर साढे ११ लाख जति पुगेको छ ।
जिल्लामा क्रियाशील एमालेका अन्य नेता भन्दा पोखरेल सरल र सादगीको रुपमा परिचित छन् । यद्धपि एमालेबाटै मन्त्रीसम्म बनेकी पार्टीकी नेत्रीलाई सामाजिक संजालमा पुन्टी भुरी लेखेर आलोचित भएका थिए । जिल्ला सम्मेलनको सम्मुखमा अर्की एक नेत्रीलाई जिल्ला इन्चार्ज नस्वीकार्ने आसयमा उनले राजिनामा दिएका थिए तर गलत म्यासेज जाने भन्दै जिल्लाका नेताले उनलाई थामथुम पारेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ