स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लाका नेता परिचालन गर्ने रणनीति बनाएको छ। सो पार्टीले चुनावी रणनीति, गठबन्धन आदिको निर्णय गर्ने अख्तियारी दिएर देशभर २८ वटा कमान्ड गठन गरेको छ।
प्रदेश १ र बागमती प्रदेशमा ५/५ वटा, मधेश, गण्डकी र लुम्बिनीमा ४/४ वटा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ३/३ वटा कमान्ड बनाइएको छ। यी सबै कमान्डको नेतृत्व प्रदेश तहबाट हुनेछ।
प्रदेश १ मा ५ वटा कमान्ड:
१. ताप्लेजुङ, पाँचथर, इलाम
२. झापा, मोरङ, सुनसरी
३. धनकुटा, तेह्रथुम, संखुवासभा
४. भोजपुर, खोटाङ, उदयपुर
५. सोलखुम्बु, ओखलढुंगा
मधेश प्रदेशमा ४ कमान्ड:
१. सप्तरी, सिरहा
२. धनुषा, महोत्तरी
३. सर्लाही, रौतहट
४. बारा, पर्सा
बागमती प्रदेशमा ५ कमान्ड:
१. काठमाडौँ, ललितपुर, भक्तपुर
२. चितवन, मकवानपुर
३. धादिङ, नुवाकोट, रसुवा
४. सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक
५. सिन्धुली, रामेछाप
गण्डकीमा ४ कमान्ड:
१. गोरखा, लमजुङ, मनाङ
२. तनहुँ, नवलपरासी पूर्व
३. स्याङजा, कास्की, पर्वत
४. बाग्लुङ, म्याग्दी, मुस्ताङ
लुम्बिनीमा ४ कमान्ड:
१. नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु
२. पाल्पा, गुल्मी, अर्घाखाँची
३. प्युठान, रुकुम पूर्व, रोल्पा
४. दाङ, बाँके, बर्दिया
कर्णालीमा ३ कमान्ड:
१. सुर्खेत, दैलेख, सल्यान
२. जाजरकोट, डोल्पा, रुकुम पश्चिम
३. कालिकोट, जुम्ला, मुगु, हुम्ला
सुदूरपश्चिममा ३ कमान्ड:
१. अछाम, डोटी, बाजुरा
२. बैतडी, बझाङ र दार्चुला
३. कैलाली, कञ्चनपुर, डडेलधुरा
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ