शनिबार, साउन ५, २०८१

एमाले जिल्ला अधिवेशन: दैलेखमा शर्मा, धनुषामा यादव


कान्तिपथ


नेकपा एमाले धनुषाको सातौं जिल्ला अधिवेशनबाट पुनः राजकिशोर यादव अध्यक्ष बनेका छन्। जनकपुरधाममा सम्पन्न जिल्ला अधिवेशनले यादवलाई दोस्रो कार्यकालको लागि पनि सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

यसअघि २०७१ सालमा भएको एमालेको छैठौं जिल्ला अधिवेशनबाट पनि यादव अध्यक्ष चुनिएका थिए। अहिले सातौं जिल्ला अधिवेशनले उनको अध्यक्षतामा एमालेको १३५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चुनेको हो।

जसमा उपाध्यक्ष भोला यादव, सचिवमा तेजनारायण यादव, उपसचिव तारालाम बस्नेत र उपसचिव श्याम पुर्वे चयन भएको नवनिर्वाचित अध्यक्ष यादवले जानकारी दिए। बाँकी सबै सदस्य छन्।

नेकपा (एमाले) दैलेखको अध्यक्षमा रवीन्द्रराज शर्मा विजयी भएका छन्। बुधबार सम्पन्न पार्टीको सातौँ जिल्ला अधिवेशनमा शर्माले प्रतिस्पर्धी सूर्यबहादुर शाहीलाई १ सय ५१ मत अन्तरले पराजित गरेका हुन्।

शर्माले ४ सय १४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी सूर्यबहादुर शाहीले २ सय ६३ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। पार्टीको जिल्ला उपाध्यक्षमा प्रेम बहादुर बुढा विजयी भएका छन् भने सचिवमा तिलकप्रसाद रिजाल विजयी भएका छन्। बुढाले ४ सय ५९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी टोप बहादुर बिसीले १ सय ९६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी रिजाल प्रतिद्वन्द्वी रुद्रबहादुर शाहीलाई ६३ मतले पछि पार्दै सचिवमा विजयी भएका हुन्। रिजालले ३ सय ६५ मत प्राप्त गर्दा शाहीले ३ सय २ मत मात्रै प्राप्त गरेका छन्। उपसचिवमा कलावती न्यौपाने र गङ्गाराम दाहाल विजयी भएका छन्।

गएको पुस २३ गते नै उद्घाटन भएको एमाले दैलेखको जिल्ला अधिवेशन अन्तर्गत पुस २७ गते मदन भएको थियो। तर, मतदाता सङ्ख्या भन्दा बढी मत खसेपछि निर्वाचन प्रक्रिया रद्द गरिएको थियो। कुल मतदाता सङ्ख्या ७ सय २३ रहेकोमा ७ सय ४८ मत अर्थात ३१ मत बढी खसेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत