बिहिबार, बैशाख ५, २०८२

रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता


कान्तिपथ


४ चैत रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीचमा फोनवार्ता भएको छ ।बिहीबार भएको सो वार्ताका क्रममा रुस र युक्रेनको द्धिपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

दुई देशकाबीचको व्यापार, लगानी तथा अन्य द्धिपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा कुराकानी भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।क्रेमलिनले दिएको जानकारीअनुसार उहाँहरुका फोनवर्ताका क्रममा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा हालै भएका भ्रमण तथा व्यापारिक वार्ताका विषयमा पनि कुराकानी भएका समाचारमा जनाइएको छ ।

साथै उहाँहरुका बीचमा रुसले युक्रेनमाथि गरिरहेको आक्रमणका बारेमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको छ ।त्यसक्रममा टर्कीस राष्ट्रपतिले युक्रेनबाट रुसले आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काउनका सहयोग गरेकामा रुसी राष्ट्रपतिलाई धन्यवाद दिनुभएको थियो ।

रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ । रुसले युक्रेनमा गरिरहेको हमला तेस्रो हप्ता भन्दा पनि बढी भएको छ । यी दुई देशबीचमा शान्ति वार्ताको पहल भएको भनिए पनि निकास भने निस्किएको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत