सोमवार, बैशाख १५, २०८२

श्रीलंकामा बस दुर्घटना ३२ घाइते


कान्तिपथ


४ चैत श्रीलंकाको दक्षिणी भागमा पर्ने वालस्मुल्लामा शुक्रबार एक बस रुखमा ठोक्किदाँ यसमा सवार विद्यालयका ३२ जना विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । विद्यार्थीहरु शैक्षिक यात्राबाट फर्कदै गर्दा ‘ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते विद्यार्थीलाई स्थानीयवासीले वालस्मुल्ला अस्पतालमा पुर्याएका छन् ।

श्रीलंकाले सन् २०२१ डिसेम्बर २५ देखि ३१ सम्म मात्र ५२ वटा घातक मोटर दुर्घटनाहरू भएको जनाएको छ । यस दुर्घटनामा परी ५३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२१ मा कुल २ हजार ३६५ घातक मोटर दुर्घटनाहरू भएका र यसमा परी २ हजार ४६१ जनाको मृत्यु भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत