सोमवार, बैशाख ९, २०८२

बर्दियामा ब्राउन सुगरसहित तीन पक्राउ


कान्तिपथ


बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–८ कण्ठपुरस्थित नेपाल–भारत सीमा नाकामा ६८ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताउनुभयो ।

पक्राउ पर्नेमा भारत बहराइच जिल्ला शिवरात्रीपुरका २५ वर्षीया सबिना साई र २६ वर्षीय सद्दाम साई तथा काठमाडौँ महानगरपालिका–७ का ४७ वर्षीय सुमन केसी रहेको उपरीक्षक शाहीले जानकारी दिनुभयो । तीनै जनालाई विहीबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत