बिहिबार, फाल्गुन १, २०८१

माधवलाई ओलीले भने: हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?


कान्तिपथ


काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।

राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन ?’

उनले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिएका छन् । यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप लगाए । अध्यक्ष अ‍ोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे । सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत