मङ्लबार, माघ ६, २०८२

चीनमा १ अर्ब २४ करोड जनसंख्यालाई कोरोनाको पूर्ण मात्रा खोप


कान्तिपथ


चीनले कम्तीमा पनि १ अर्ब २४ करोड जनसंख्यालाई कोभिडका विरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ । चीन सरकारले यही शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका १ अर्ब २४ करोड जनसंख्यालाई पूर्ण मात्राको खोप लगाएको जनाएको हो ।

चीनको नेसनल हेल्थ कमिसनका प्रवक्ता मि फेङले शनिबार सो कुराको जानकारी दिनुभएको हो । चीन सरकारले त्यहाँका नागरिकलाई कोरोना भाइरसका विरुद्धको खोप निकै तीव्र गतिमा दिइरहेको छ र गत शुक्रबारसम्म यहाँका १ अर्ब २४ करोड नागरिकलाई यो खोप दिइसकिएको छ ।

त्यहाँका ६० वर्षभन्दा माथिका करिब ८० प्रतिशत नागरिकलाई कोरोना भाइरसका विरुद्धको पूर्ण मात्रा खोप दिइएको बताइएको छ । साथै प्रवक्ता लिका अनुसार यहाँका करिब ६५ करोड नागरिकलाई कोरोना भाइरसका विरुद्धको बुस्टर मात्रा खोप दिइएको पनि बताइएको छ ।

सुरुमा कोरोना भाइरसले असर गर्ने भनेर ६० वर्षमाथिका नागरिकलाई यो खोपको मात्रा दिनेगरी प्राथमिकता निर्धारण गरेकामा अहिले अर्थात् पछिल्लो समयमा यहाँको सरकारले सबै नागरिकलाई खोप लगाएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत