शुक्रबार, बैशाख ६, २०८२
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • यौन दुर्व्यवहारका आरोपी समात्त्न जाँदा प्रहरी जवानको हत्त्या: ६ जना पक्राउ

यौन दुर्व्यवहारका आरोपी समात्त्न जाँदा प्रहरी जवानको हत्त्या: ६ जना पक्राउ


कान्तिपथ


मोरङको लेटाङमा एक प्रहीकाे मृत्यु हुनेगरी भएकाे झडपमा संलग्न आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। आइतबार मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा स्थानीयको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो।

घटना अनुसन्धानका लागि प्रहरीले ​६ जनालाई पक्राउ गरेकाे मोरङ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए। तर उनीहरुकाे परिचय प्रहरीले सार्वजनिक गरेको छैन।

सूचना अधिकारी तिम्सिनाले भने, ‘भर्खरै हो, ६ जना पक्राउ गरेको जानकारी मलाई आएको छ, सरकारी वकिल कार्यालयको समन्वयमा अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुन्छ।’

कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी नविन राईले बताए ।

यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।

त्यसक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत