सोमवार, बैशाख १५, २०८२

दर्जनभन्दा बढी नेटो जहाजहरू स्टकहोम प्रस्थान


कान्तिपथ


सैन्य अभ्यास पछि नेटो देशहरूका तेह्र युद्धपोतहरू स्टकहोमतर्फ प्रस्थान गरेको स्वीडेनको अफ्टनब्लाडेट अखबारले उल्लेख गरेको छ।
युद्धपोतहरूमा नौ जर्मन जहाज र बाल्टिकबाट चार जहाज समावेश छन् । ती जहाजहरू अभ्यास पछि फ्रिहम्नेन बन्दरगाहतर्फ लागेको अखबारले आइतबार स्विडेनी सेनालाई उद्धृत गर्दै जनाएको छ। ती जहाजहरुको यात्रा जारी रुस-युक्रेन द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ।
याता नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भने नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आफ्नो समर्थन बढाउँदै गरेको बताएका छन् ।
डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले कीभ सेनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रूसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत