बिहिबार, बैशाख ११, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • वडा सदस्यले किर्ते हस्ताक्षर गर्दै पचाईन गाउँपालिकाको पैसा: आधा भत्ता दिएर आधा खल्तीमा !

वडा सदस्यले किर्ते हस्ताक्षर गर्दै पचाईन गाउँपालिकाको पैसा: आधा भत्ता दिएर आधा खल्तीमा !


कान्तिपथ


दोलखाको बैतेश्वर गाउँपालिकामा एकपछि अर्को बेथितिका नमुनाहरु देखिन थालेका छन्। पालिका कै कर्मचारीको फर्ममा १५ लाख अनुदान दिनेदेखि लिएर बिना ठेक्का कांग्रेस नेताहरुलाई निर्वाध बालुवा निकासीको मौन समर्थन गर्ने कार्य कान्तिपथले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

बैतेश्वर गाउँपालिका भित्र फेरी अर्को बेथिति कान्तिपथको खोज टिमले पत्ता लगाएको छ । वडा नं ५ की निर्वाचित वडासदस्य कृष्णमाया दाहालले फर्जी बिल बनाएर रकम भुक्तानी लिएको भन्दै पालिकामा उजुरी परेको छ । उजुरी दर्ता नं २६१५ रहेको छ ।

२०७८ फागुन २५ र २६ गते दाहालको नेतृत्वमा भएको क्षमता अभिमुखीकरण तालिमको रकम हिनामिना भएको हो । तालिमका लागि गाउँपालिकाबाट एक लाख साठी हजार रुपैयाँ रकम बिनियोजन भएको थियो । वास्तविक खर्च ६५ हजार मात्र भएको र वडासदस्यले ९५ हजार झ्वाम पारेको भन्दै तालिममा सहभागी महिलाहरुले उजुरी दिएका हुन् ।

दाहालले मैनापोखरी महिला कृषक समूह गठनका लागि २५ जना महिलासँग १००० रुपैयाँका दरले २५ हजार रुपैयाँ संकलन गरेकी थिईन ।

सहभागीहरुलाई दैनिक भत्ता ५०० को दरले दिंदा २ दिनको भत्ता प्रतिव्यक्ति १००० रुपैयाँ हुन आउँछ । तर बिल बनाउँदा दैनिक १००० को दरले प्रतिव्यक्ति दुई हजार रुपैयाँ चडाईएको तालिममा सहभागी एक महिलाले बताईन । प्रतिव्यक्ति १००० रुपैयाँ झ्वाम पार्ने उद्देश्यले किर्ते हस्ताक्षर गरिएको उजुरीकर्ताहरुले जानकारी दिएका छन् ।

अन्य शिर्षकमा पनि बिल बढाई रकमको हिनामिना गरिएको उनीहरुको गुनासो छ । पेश्की फर्छ्यौटका लागि आफुहरुको निवेदनलाई गम्भीरता पुर्वक नलिए अन्य निकायमा जाने उनीहरुले गुनासो गरेका छन्। गाउँपालिका उपाध्यक्ष तथा स्थानीय न्यायिक समितिका संयोजक रविचन्द्र आचार्यले उजुरी उपर छानबिन हुने बताए । आचार्यले छलफलका लागि चैत्र ७ गते दुवै पक्षलाई बोलाएका थिए । उजुरीकर्ताहरु उपस्थित भए भने आरोपित वडा सदस्य कृष्णमाया दाहाल अनुपस्थित भईन ।

यो पनि हेर्नुहोस: ‘कर’ नतिरी ‘तर’ चाट्दै कांग्रेसजन: क्षेत्रपामा बिना ठेक्का गिटी-बलुवा ‘तस्करी’ !
: अनुदानमा अध्यक्षको सेटिङ्ग: जनतासँग आवेदन माग, पालिका कै कर्मचारीको खल्तीमा १५ लाख !

दाहालको भुक्तानी रोक्नको लागि गाउँपालिकामा चैत २ गते नै अर्को निवेदन पनि परेको थियो । स्रोतका अनुसार दाहालले मैनापोखरी महिला कृषक समूह गठनका लागि २५ जना महिलासँग १००० रुपैयाँका दरले २५ हजार रुपैयाँ संकलन गरेकी थिईन । जबकी गाउँपालिकामा महिला कृषक समूह दर्ता गर्न २०० भन्दा बढी रकम लाग्दैन । उनले संचालन गरेको २ दिने बेमौसमी तरकारी खेतिको तालिममा पनि उनै रकम संकलन गर्नेहरु मात्र संलग्न भएको आरोप छ । उपस्थित नभएका महिलाको किर्ते हस्ताक्षर गरेर रकम पचाएको आरोप दाहालमाथि छ ।

गत स्थानीय निर्वाचनमा दाहाल नेकपा (एमाले) बाट १०६१ भोट ल्याएर वडा सदस्यमा निर्वाचित भएकी थिइन् । एमालेबाट निर्वाचित वडा नं ५ का वडा अध्यक्ष माधव बहादुर बस्नेतलाई हिनामिनाको सन्दर्भमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत