सोमवार, बैशाख १५, २०८२

विकासको खाका बनाई नेकपा(एस) चुनावमा होमिने


कान्तिपथ


नेकपा (एकीकृत समाजवादी)को बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा कार्यालय उद्घाटन गरिएको छ । पार्टीका काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीले सोमबार वडा कार्यालयको उद्घाटन गर्दै पार्टीले स्थानीयवासीसँग छलफल गरी नगरपालिकाको पाँचवर्षे विकास खाका तयार गर्ने जानकारी दिनुभयो । वाग्मती प्रदेशसभा सदस्य कार्कीले जनतामाझ आफ्ना योजना लगी त्यसलाई पूरा गर्ने प्रतिबद्धताका साथ पार्टी आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने जानकारी दिनुभयो ।

एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुमार ओझाले स्वच्छ र इमान्दार नेतृत्व रहेको आफ्नो पार्टीमा सहभागी हुन र निर्वाचनमा सहयोग गर्न सबैमा आह्वान गर्नुभयो । पार्टी केन्द्रीय सदस्य सीता श्रेष्ठ, पार्टी वाग्मती प्रदेश सदस्य ठाकुर खकुरेल, पार्टी वडा कमिटीका अध्यक्ष केदार चौलागाईँ, नगर कमिटी सदस्य हरिबहादुर बस्नेत र पार्टी वडा सचिव विश्वबल्लभ नेपालले आगामी निर्वाचनमा सफलता प्राप्त गर्नका लागि सबै नेता–कार्यकर्तालाई जनताका घरघरमा जान आग्रह गर्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत