सोमवार, माघ २८, २०८१

जापानले कोभिड विरुद्धका प्रतिबन्धहरु हटायो


कान्तिपथ


८ चैत जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ ।जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियो ।

जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरुलाई हटाएको जनाएको समाचारमा बताइएको छ । यसरी प्रतिबन्धहरु हटाइएका प्रिफेक्चरहरुमा टोकियो र ओसाका पनि रहेका छन् । यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरु लगाइएको थियो । आज मंगलबारदेखि यहाँका अधिकारीहरुले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्धलाई हटाएको जनाएको हो ।

यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटल रेष्टुरेन्टहरु सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो । तर अहिले ती सबै प्रतिबन्ध हटाइएको छ । यहाँ अब नागरिकहरु ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरु सञ्चालन गर्न पाउने भएका छन् ।

बाँकी प्रिफेक्चरहरुमा भने कोभिड १९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ । आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरु हटाउन सकिने सरकारले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत