आफू नेपाली सेनाको क्याप्टेन रहेको र हाल मिसनको लागि विदेशमा रहेको, आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान छ त्यसैले सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाई दिन सक्छु भनि फेसबुकमा कुराकानी गरी भर विश्वास दिलाई ३ जना व्यक्तिहरूबाट रु.९,७५,१४०।– (नौ लाख पचहत्तर हजार एक सय चालिस) रुपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गा.पा. वडा नं. ५ घर भई जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१० अम्मरसिंहचोक बस्ने वर्ष ३८ को अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई पक्राउ गरी अनुसन्धान गर्दा निज नेपाली सेनाको नक्कली क्याप्टेन भएको पाईएको छ ।
निजको साथबाट नेपाली सेनाको सहसेनानी अर्जुन कटुवालको नाममा बनाएको नक्कली परिचयपत्र, नेपाली सेनाको सहसेनानी पदको दर्ज्यानी चिन्ह र अर्जुन कटुवाल नामको चेसप्लेट लगाएको नेपाली सेनाले प्रयोग गर्ने चुस्ता १ सेट, हरियो ज्याकेट, बेल्ट, दाप सहितको खुकुरी, तुमलेट, सेनाको लोगो भएको गेमड्रेस र ट्रायकसुट, विभिन्न व्यक्तिहरूको नामको उपसेनानी पदको उम्मेदवारहरूको फाराम, सिपाही पदको परिचय पत्र, खालि परिचयपत्रहरू र बा ८४ प ६९८८ नम्बरको मो.सा. सहित पक्राउ गरी ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालतबाट दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ