शुक्रबार, जेष्ठ ३, २०८२
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • सिंहलाई डिआईजी बढुवामा रोक्न ‘बिचौलिया समूह’ ले चलायो कारबाहीको हल्ला !

सिंहलाई डिआईजी बढुवामा रोक्न ‘बिचौलिया समूह’ ले चलायो कारबाहीको हल्ला !


कान्तिपथ


चेक फिर्ता गरेको विषयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहमाथि अनुसन्धान गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख हुँदा २ करोड २९ लाख रुपैयाँ रहेको चेक तीन महिना राखेर फिर्ता गरेपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको थियो। आरोपित आफैले इस्यु गरेको चेक दिएको सीसीटीभी फुटेज पनि हेरेपछि सिंहले चेक फिर्ता गरिदिएका थिए ।

छानबिन समितिले प्रतिवेदन बुझाएको सुइँको पाउनासाथ् एक स्वार्थ समूह एसएसपी सिंहलाई बदनाम गर्न लागि परेको छ । आजदिनभर उक्त स्वार्थ समूहले एसएसपी सिंहलाई कारबाही गर्न सिफारिस गरिएको हल्ला चलाईयो । हल्ला चलाउनुको उद्देश्य थियो एसएसपी सिंहलाई अब खाली हुन लागेको डिआईजीको दरबन्दीमा बढुवा हुन नदिनु। एसएसपी सिंह डिआईजी हुँदै भावी आईजीपीका बलिया दाबेदार हुन् ।

छानबिन समितिमा एसपी आभूषण तिमल्सिना र डिएसपी सन्तोष तामाङ सदस्य थिए । एसएसपी सिंह निकट स्रोतले भने केही बिचौलियाहरुले उद्देश्य पूरा गर्न नसकेर सिंहको बदनाम गराउन लागेको प्रतिक्रिया दियो।

सिंहलाई बढुवा हुनबाट रोक्न मिटरब्याजी, जुवा खेलाउने र जग्गा दलाल रहेको एउटा नेक्सस खुलेर लागि परेको छ। पोखरेल, थापा ब्याचपछि अहिले डीआईजी बढुवामा पर्नेहरु नै आईजीपीका प्रबल दाबेदार हुनेछन् । भावि आईजीपी, एआईजी र डीआईजी बन्न सबै सक्रिय भएका छन् । शक्ति केन्द्रमा पनि आफूनिकटका व्यक्तिलाई अगाडि बढाउने ‘खेल’ सुरु भएको छ । काठमाडौँ प्रहरीको सफल कमाण्ड गरिसकेका सिंहदेखि तर्सिएकाहरु नै अहिले उनको बढुवा रोक्न अनेक प्रपन्च रोक्न थालेका छन् ।

गृह मन्त्रालयले डीआईजीहरू बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजी बढुवामा सिफारिस गरेको थियो । मन्त्रिपरिषदबाट एआईजीमा बढुवा गर्ने बेला एआईजी हरिबहादुर पाल र एसएसपी अशोक सिंहले ३ डिआईजीलाई उजुरी हाल्न उक्साएको भन्दै बिचौलिया समूह झ्याली पिट्न ब्यस्त छ ।

उपत्यकामा सबैभन्दा धेरै जनसंख्या उद्योग, व्यापार, अस्पताल भएको जिल्ला काठमाडौं हो, जसको नेतृत्व अहिले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहले गरेका थिए । कोरोना भाइरसको संक्रमण व्यापक भएर अक्सिजन अभाव भएका बेला अक्सिजन सिलिन्डर उपलब्ध गराउनेदेखि सुरक्षाका काममा खटिएका थिए सिंह । काठमाडौंमा अक्सिजन अभाव, अक्सिमिटर, रेमडिसिभिर कालो बजारी गर्ने र ब्ल्याकमा बेच्ने गिरोहलाई समेत परिसरले पक्राउ गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत