दोलखाको बैतेश्वर गाउँपालिकाले शिक्षक सेवा आयोगको परिक्षाका लागि ६ दिन गाउँपालिका भरका सबै विद्यालय बन्द गर्ने भएको छ । गाउँपालिकाको शिक्षा समितिको बैठकले चैत १३ गतेदेखि १८ गतेसम्म पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाका शिक्षा शाखा अधिकृत ऋषिराज ज्ञवालीले हस्ताक्षर गरी जारी गरेको सुचनामा शिक्षक सेवा आयोगले सञ्चालन गर्ने मावि, निमावि र प्रावि तहको परिक्षामा अधिकांश शिक्षकहरु सहभागी हुने भएकाले ६ दिन विद्यालय बन्द हुने उल्लेख छ ।
शिक्षकको परिक्षाकै लागि पालिकाका सवै विद्यालय बन्द गर्ने वैतेश्वर गाउँपालिका पहिलो पालिका हो ।
पालिका अन्तर्गत सञ्चालित सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा वर्षे विदाबाट सोधभर्ना हुनेगरी ६ दिन विद्यालय बन्द गरिएको सुचनामा उल्लेख छ । दोलखामा शिक्षक सेवा आयोगको परिक्षाकै लागि पालिकाका सवै विद्यालय बन्द गर्ने वैतेश्वर गाउँपालिका पहिलो पालिका हो ।
पालिका भित्र कै कतिपय शिक्षकहरुले भने उक्त निर्णयको विरोध गरेका छन् । हनुमन्तेश्वरका शिक्षक लेख्छन, ‘गाऊशिक्षा समितिमा को को हुने व्यवस्था छ ? निर्णय गर्दा वैठक वस्दा समितिका सदस्य पदाधिकारीलाई जानकारी हुन्छ कि हुदैन ? शिक्षकको परीक्षा देखाएर सवै विद्यालय वन्द गर्न मिल्छ ? परीक्षा दिने शिक्षकलाई विद्यालयले विदा दिन सक्ने व्यवस्था हुदा हुदै सवै विद्यालय ६/६ दिन विदा दिन मिल्छ ! शैक्षिक क्षेत्रमा राजनितिकरण हो कि स्थानियकरण हो ? निर्णय गर्ने र गराऊने निकायको जवाफ चाहियो ?
अनुदानमा अध्यक्षको सेटिङ्ग: जनतासँग आवेदन माग, पालिका कै कर्मचारीको खल्तीमा १५ लाख !
‘कर’ नतिरी ‘तर’ चाट्दै कांग्रेसजन: क्षेत्रपामा बिना ठेक्का गिटी-बलुवा ‘तस्करी’ !
वडा सदस्यले किर्ते हस्ताक्षर गर्दै पचाईन गाउँपालिकाको पैसा: आधा भत्ता दिएर आधा खल्तीमा !
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ