प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) को काज सरुवा गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार हिजो मध्यरातमा काज सरुवा भएको हो ।
कान्तिपथलाई प्राप्त सुची अनुसार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कवित कटवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बागमती प्रदेश प्रहरी कार्यालयका अंगुर जिसी जिल्ला प्रहरी परिसर ललितपुर, केन्द्रिय अनुसन्धान ब्युरोका कृष्णराज ओझा हुम्ला पुगेका छन् ।
काज सरुवा हुने अन्य डिएसपीमा कैलाश राई, गणेश बहादुर श्रेष्ठ, गोबिन्दराज काफ्ले, जेसी शाह लगायत छन् । गृहको राजनीतिक र प्रशासनिक नेतृत्वका सामु निरिह बनेका आईजीपी क्षेत्रीले नियमित सरुवा गराउन नसक्दा काज सरुवा भएको हो ।
गृहमन्त्री र गृहसचिवले गन्न छाडेपछि आईजीपी क्षेत्री अवकासको एक महिना अघि बिदामा बस्ने मनस्थितिमा पुगेको बुझिन्छ । उनी बैशाख १९ बाट संगठनबाट बिदा हुँदैछन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ