नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ। बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठक बस्ने एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङ्गले जानकारी दिए।
उनका अनुसार चुनावमा केन्द्रित हुने बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत विषयमा छलफल हुनेछ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ