प्रहरीले नम्बर नखुलेको यात्रुबाहक बसमा छुटेको नगद ३ लाख ५० हजार रुपैयाँ खाेजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–२ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ सुन्दरटोल बस्ने वर्ष ५३ का दासाङ शेर्पाले बसमा छुटेको नगद फिर्ता पाएका हुन्।
मंगलबार अन्दाजी ७ः३० बजेको समयमा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा नम्बर नखुलेको बसमा सो रकम छुटेको भन्ने सूचना उनले प्रहरीलाई गराएका थिए। महानगरीय प्रहरी बृत्त बौद्धबाट तत्कालै मातहत इकाईका प्रहरीहरुलाई सो सूचना प्रवाह गराई उक्त रुटमा चल्ने सम्पूर्ण बसहरुलाई चेकजाँच गरिएको थियाे।
महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरी टोलीद्वारा यात्रुबाहक बसहरु चेकजाँच गर्ने क्रममा रत्नपार्कबाट जहरसिंह पौवासम्म चल्ने बा ४ ख ६४३३ नंम्बरको यात्रुबाहक बसबाट उल्लेखित नगदसहितको कालो झोला फेला पार्न सफल भएको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ