शुक्रबार, जेष्ठ ३, २०८२

दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित


कान्तिपथ


९ चैत दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड चार लाख २७ हजार २४७ पुगेको छ । कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसअघि तीन लाख ५३ हजार ९६८ नयाँ सङ्क्रमित थपिएका थिए ।

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरसका कारण सङ्क्रमितहरुको सङ्ख्या यसरी अत्यधिक बढेको अधिकारीहरुको भनाई छ ।नयाँ सङ्क्रमित मध्ये एक लाख एक हजार १३३ जना राजधानी सोलका मात्रै रहेको अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमित भएका मध्ये एक हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २० जनाले कम भएको पनि अधिकारीहरुको भनाई छ । पछिल्लो एक दिनमा कोरोनाका कारण २९१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या १३ हजार ४३२ पुगेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत