सोमवार, बैशाख १५, २०८२

साफ च्याम्पियनशिप : नेपाल र बङ्गलादेश भिड्ने


कान्तिपथ


भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।

भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा नेपालले बलियो टोली बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको समापन गर्नेछ । नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ तर बङ्गलादेशलाई पराजित गर्न सजिलो भने छैन ।

च्याम्पियनशिपको पहिलो भेटमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहन्छ भने बङ्गलादेश आफ्नो जितलाई कायम राख्न चाहन्छ । नेपाल, भारत र बङ्गलादेश सहभागी उक्त च्याम्पियनशिपमा नेपालले लगातार तीन खेलमा पराजय भोगेको छ । नेपाल भातरसँग ७–०, बङ्गलादेशसँग ४–२ र भारतसँग पुन ५–१ गोलअन्तरले पराजित भएको छ ।

तीन खेल खेलेको भारतले तीन खेलमा नै विजयी हुँदै नौ अङ्क जोडेको छ । भारत अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुई खेल खेलेको बङ्गलादेशले तीन अङ्क जोडेको छ । बङ्गलादेश अङ्क तालिकाको दोस्रो स्थानमा छ । अङ्क विहीन रहेको नेपाल भने अङ्क तालिकाको अन्तिम स्थानमा छ । डबल राउण्ड रोविनको आधारमा जारी उक्त च्याम्पियनशिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत