नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुँमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले हुँमागाईंसहितका नेताहरूलाई कांग्रेसमा स्वागत गरेका छन् ।
कांग्रेस प्रवेश गरेका हुँमागाईं काभ्रे एमालेको क्षेत्र नम्बर २ का पूर्व अध्यक्ष हुन् । उनीसँगै तत्कालीन काभ्रे गाविसका अध्यक्ष साधुराम बडाल तथा उपाध्यक्ष कृष्णबहादुर बस्नेत, धुलिखेल नगरपालिकाका पूर्व वडा अध्यक्षद्वय निराजन जंगम र दामोदर तिमिल्सिना पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसले एमालेका ३ सय बढी कार्यकर्ता पार्टी प्रवेश गरेको दाबी गरेको छ । उनीहरूमध्ये अधिकांश एमाले नेता गोकुल बाँस्कोटाले प्रतिनिधित्व गर्ने क्षेत्रका रहेका छन् ।
हुमागाँईले काँग्रेससँग भित्री साँठगाँठ गरेर एमालेलाई हराउने गोप्य रणनीति बनाएको तथ्य बाहिरिएको छ । आसन्न स्थानीय तहको चुनावमा एमालेमै रहेर काँग्रेससँग गठबन्धन गर्ने तयारीबारे कांग्रेसका एक स्थानीय नेतालाई उनले गरेको रिपोर्टिंगको अडियो सार्वजनिक भएपछि यस्तो रणनीति बाहिर आएको हो ।
काँग्रेसका नेताहरुबाट लिक भएको ३ मीनेट ४२ सेकेन्डको उक्त अडियो संवादमा हुमागाँईले एमालेलाई अन्तर्घात गरेर हराइदिने बताएका छन् । संवादमा अर्को पक्षले पार्टी प्रवेशको सन्दर्भ उठाएपछि उनले कांग्रेसमा जाँदा एमालेको भोट काट्न नसकिने भएकाले एमालेमै बसेर गठबन्धन गर्ने योजना सुनाएका छन् । काँग्रेस प्रवेश गर्दा एमालेको भोट काट्न नसकिने भएकाले स्वतन्त्र उम्मेदवार बन्ने र काँग्रेससँग मिलेर चुनाव जित्ने उनको योजना अडियोमा सुन्न सकिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ