शनिबार, बैशाख १३, २०८२

रामेछापमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा बढा पक्राउ


कान्तिपथ


नविन कार्की :रामेछापमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप नगरपालिका–८ स्थित कालिआँप भन्ने स्थानमा रहेको बाख्रा फर्ममा एक ३२ बर्षिय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा दैलेख चामुण्डा गाउँपालिका–४ का रुकुम बढालाई प्रहरीले पक्राउ गरेको हो ।

दैलेख घर भइ हाल मन्थली नगरपालिका–१ वस्दै आएका बढाले चिया खान जाँउ भनि बाख्रा फर्ममा लगेर जबरजस्ती करणी गरेको पीडित प्रहरी समक्ष उजुरी दिएकी छिन् । उनले जबरजस्तीकरणी गरेपछि कसैलाई भनेमा ज्यान नै मारिदिने धम्की दिएको पीडित पहिलाले प्रहरी समक्ष दिएको उजुरीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले पीडितले दिएको उजुरीको आधारमा आरोपी बढालाई मन्थलीको भैशेश्वरबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत